Menu bar

TPD trainig :Project work reports

परियोजना कार्यको प्रतिवेदन नं -1
शिर्षक ः आफ्नो प्रदेश (मधेश प्रदेशको) नक्सा निमाण र स्थान पहिचान

१. परिचय :(पृष्ठभूमि, सन्दर्भ, समस्या र कारण, मूलमूद्दा, प्रतिविम्वन, औचित्य....)
मैले कक्षा ६ ७ र ८ मा मा सामाजिक विषयमा अध्ययापन गर्दै आइरहेको छु । गतबर्ष यो विषय अध्यापन गराउदा नयाँ विषय भएको र अवधारणाका अभावले गर्दा परियोजना कार्य, शौक्षिक भ्रमण, स्रोत व्यक्तिलाई कक्षामा आमन्त्रणलगायतका कार्य गरी विद्यार्थीलाई शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालन गरेको थिइन । यस बर्ष मैले यस बिषयमा जानकारी सैद्धान्तिक रुपमा गराएँ । तर विद्यार्थीहरू अलमलमा परेर धेरै प्रश्नहरू सोध्न थाले । कतिपय कुरा मैले पनि जवाफ दिन सकिन । त्यसैले यस विषयमा कार्यमूलक अनुसन्धान गर्न र थप व्रिmयाकलाप केन्दित व्यवहारिक अनुसन्धानात्मक शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालन गर्न मैले आवश्यक देखेँ ।
 २. अध्ययनको उद्देश्य : यस कार्यमूलक अनुसन्धानका मूख्य उद्देश्यहरू निम्न लिखित रहेका थिए ः
 (क) विद्यार्थीहरूलाई हाम्रो समाज र समुदाय पाठ आधुनिक शिक्षण बिधिबाट शिक्षण गरी शिक्षण सिकाइमा सुधार ल्याउनु , 
 (ख) शिक्षण सिकाइका विधि र प्रकृयामा विविधता ल्याई विद्यार्थीहरूलाई आफै क्रियाशिल भई ज्ञानको खोजी गर्ने कार्यमा अभ्यस्त बनाउनु । 
 ३. विधि र ढाँचा  : यस कार्यमूलक अनुसन्धानका लागि मैले गुणात्मक र सङ्ख्यात्मक अनुसन्धान विधि (PAOR-Plan, Act, Observe and Reflect) अपनाउने गरी क्षेत्र भ्रमण, समूहकार्य, अभ्यास, कक्षा कार्य आदिमा सरिक हुन विद्यार्थीहरूलाई सहजिकरण गर्ने कार्य गरियो । तथ्याङ्क सङ्कलनका लागि अन्तरवार्ता, अवलोकन, सामूहिक छलफल र अभिलेखहरूको उपयोग गरियो । अनुसन्धान ढाँचाका लागि कार्यमूलक अनुसन्धानका चार चरणहरूलाई उपयोग गरियो । ४. रणनीतिक कार्ययोजना, चक्र र विश्लेषण

Download full Page


   


परियोजना कार्यको प्रतिवेदन नं -2 
शीर्षक ः कक्षाकोठामा बिविधताको व्यवस्थापन
१. पृष्ठभूमिः 

हरेक समाज धेरै विविधताको सम्मिश्रण हो । राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हा े। यीे विविधताहरू आफैंमा विशेषतायुक्त हुन्छन्।् समाज र राष्ट्रका यी विशेषताहरू प्रत्येक राष्ट्रको मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ । राष्ट्रिय पहिचान र गर्वसँगै स्थानीय पहिचानको पनि महत्व खोजिने विषय स्वाभाविक प्रक्रिया हो । बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातीय परम्पराहरू अलग–अलग हुन सक्छन्। 
 उनीहरूको रीतिरिवाज, लवाईखवाई, धर्म र सांस्कृतिक क्रियाकलापमा विविधता रहन्छ । यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै विविधता व्यवस्थापन हो ।कक्षाकोठामा सामाजिक, पारिवारिक, धार्मिक, सांस्कृतिक, आर्थिक पृष्ठभूमिका अलवा विभिन्न वैयक्तिक भिन्नता, विशेष सिकाइ आवश्यकता तथा विशिष्ठ क्षमताका विद्यार्थीहरूका लागि स्वीकार्ययोग्य वातावरणको सृजना गरी सम्पूर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान र इज्जतका साथ व्यवहार गर्नुका साथै आपसी सहकार्य, सहयोग मेलमिलाप सहमति र एकताबद्ध भइ लक्ष्यप्राप्तिका लागि सबैले आआफ्नो भूमिका र उत्तरदायित्व निर्वाह गरी शिक्षण क्रियाकलापको व्यवस्थापन गर्नुलाई नै कक्षाकोठामा विविधता व्यवस्थापन भनिन्छ ।
बहुजातीय, बहुभाषी र बहुसांस्कृतिक हाम्रो समाजमा र कक्षाकोठामा भाषिक फरकपना, घर र समुदायको चालचलनको फरकपना, पारिवारिक मूल्य मान्यताको फरकपना, महिला र पुरुषलाई बुझ्ने र व्यवहारमा गरिने फरकपना, औपचारिक शिक्षालाई कत्तिको महत्व दिने भन्ने फरकपना पनि फरक फरक पाइन्छ । त्यसका अतिरिक्त फरक फरक आर्थिक सामाजिक वर्गबाट हुर्केर आएका वालवालिकाको कक्षाकोठामा सामाजिक उचनीचको भावना समेत बोकेर आउनु अस्वाभाविक हैन । 
फेरि विभिन्न सिकाइको स्तर, पूर्व विद्यालयको संस्कृति, बिभिन्न विषय मन पराउने वा मन नपराउनेहरुको समेत समूह बनेको देखिन्छ । अझ रमाइलो त विद्यालय रहेको समुदाय वा नजीकका र टाढाबाट आउनेहरुको बिचमा समेत फरक देखिन्छ । यो बाहेक आभिभावकको सामाजिक आर्थिक पहिचान, आस्था समूह आदिले समेत कक्षाकोठामा एकापसमा फरक व्यवहार देखाउन सहयोग गरेको समेत देखिन्छ ।
संस्कृतिको अर्थ विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव–संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुवै किसिमका सिर्जनाहरूलाई संस्कृतिका रूपमा सम्बोधन गर्ने गरिन्छ । (संस्कृति नीति, २०६८ )




परियोजना कार्यको प्रतिवेदन नं-3 

विद्यालय सुधार योजनाको विश्लेषण प्रतिवेदन 


भाग एक : परिचय
 १.१ पृष्ठभूमि : विद्यालय सुधार योजनाको मूल ध्येय शैक्षिक गुणस्तर सुधारका लागि राम्रो विद्यालय (Better school), राम्रो शिक्षण (Better teaching) र राम्रो सिकाइ (Better learning) को सुनिश्चितता प्रदान गर्नु हो ।


विद्यालय सुधार योजना विद्यालयको आफनै पहलमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई सहयोग गर्ने एउटा साधन हो । विद्यालय व्यवस्थापन समिति (विव्यस) को नेतृत्व र सबै सरोकारवालाहरूको सहयोग तथा सहभागितामा विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनुको साथै समग्र पक्षको सुधारमा केन्द्रित रही विद्यालय सुधार योजना तयार गर्नु पर्दछ । विद्यालय सुधार योजनाको प्रयोगबाट अभिभावक, समाजसेवी, शिक्षाप्रेमी, विद्यार्थी, शिक्षकलगायतका सरोकारवालाहरूको सव्रिmय सहभागिताको प्रवद्र्धन, गतिशील संलग्नता र अपनत्व वृद्धि गर्न सहयोग पुग्दछ । विद्यालय समुदायको महत्वपूर्ण सम्पत्ति भएकाले समुदायको सहयोगबाट मात्र यसको अपेक्षित विकास सम्भव छ भन्ने व्यावहारिक सिद्धान्तलाई यस योजना अभ्यासले आत्मसात गर्दछ । त्यसैले विद्यालय सुधार योजनामा सरकारबाट प्राप्त हुने अनुदानका अतिरिक्त विद्यालयको आन्तरिक स्रोत तथा सबै सहयोगी निकायसँगको समन्वय, साझेदारी र सहकार्यमा विद्यालयलाई प्राप्त हुने सहयोगबाट सम्पादन गर्न सकिने कार्यकलापहरूलाई समेत समावेश गर्नु पर्दछ । यसका साथै योजनामा बजेट बिना र कम बजेटमा गर्न सकिने कार्यकलापहरूमा विशेष जोड दिनु आवश्यक छ ।
१.२.विद्यालय परिचय :
 प्राचीन कालदेखि नै मानिसहरुले कुनै न कुनै रुपवाट शिक्षा आर्जन गर्दै आईरहेको पाईन्छ । मानव सभ्यता विकास शिक्षाकै विकासले भएको हो । मानव सभ्यता विकाससँगै शिक्षा पद्धतिलाई संस्थागत गराउनु पर्ने आवश्यकता बोध भएर आजको शिक्षा पद्धतिको शुरुवात भयो । जसलाई प्राचीन शिक्षाकै उपजका रुपमा स्वीकार गर्दा अतियुक्ति नहोला । यस्तै संस्थागत संस्थाहरु मध्ये आफ्नै कथा व्यथा बोकी अनेकौ चुनौती र घुम्तीहरु पार गर्दै आएको विद्यालय हो, ‘‘श्री............
View



Download full Page

Comments